पाटनस्थित एक घरमा आगलागी, ४ को मृत्यु, २ घाइते


ललितपुर – म्हपूजाको साँझ ललितपुरको पाटनस्थित एउटा घरमा शुक्रबार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

शुक्रबार ६ बजेर ४५ मिनेटमा ललितपुर महानगरपालिकाको स्थित मंगलबजारको एउटा घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

साढे तीन तलाको पुरानो घरमा अचानक भएको आगलागी चार जनाको ज्यान गएको महर्जनले बताए। आगलागीको कारण खुलिसकेको छैन।

आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी छोरी अन्जना, बुहारी रत्ना र एक बालक रहेको जनाइएको छ ।

छोरा निरज ताम्राकार र सिर्जना ताम्राकार घाइते छन्। उनीहरुलाई उपचारका पाटन अस्पताल लगिएको छ । अहिले सिर्जनाको अवस्था गम्भीर रहेको पनि अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया