जाडाे बढ्याेः काठमाडौंकाे न्यूनतम तापक्रम आज ९.६ डिग्री सेल्सियस


काठमाडौं – काठमाडौंको न्यूनतम तापक्रम आज ९.६ डिग्री सेल्सियसमा झरेको छ । हिजो न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने अस्ति ११.४ डिग्री सेल्सियस थियो ।

गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविद्ले जानकारी दिएका छन् । मौसमविद्का अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ ।

चिसो सुरु भएकाले अब न्यूनतम अझै घट्दै जाने छ । यस्तै, पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, केही हिमाली जिल्लामा पनि आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया