
आईसीसी टी-२० विश्वकप क्रिकेटः आज पनि दुई खेल, भारत र अफ्गानिस्तान भिड्दै
काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् ।
दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ। २ खेलमा २ हार ब्यहोरेको स्कटल्यान्ड अंकबिहीन रहँदै पुछारमा रहेको छ भने न्युजिल्यान्ड २ अंकका साथ समूह-२ को तेस्रो स्थानमा छ ।
यस्तै, आज हुने दोस्रो खेलमा भारत र अफ्गानिस्तान भिड्दैछन् । सेख जायाद स्टेडियममा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब रहेको छ ।
पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारत अंकबिहीन रहेको छ । भारतले यस संस्करणको टी–ट्वान्टी विश्वकपमा निकै खराब प्रदर्शन गर्दै आएको छ ।
यस्तै, अफ्गानिस्तानले ३ खेलमा २ जित र १ हारसँगै ४ अंक जोडेको छ । अफ्गानिस्तान समूह ‘२’ को दोस्रो स्थानमा रहेको छ ।



कागजपत्र |
