जुवाका नाममा लाखौं लुटपाट गर्ने अशोक गर्छन् प्रहरी अधिकारीको बदनाम


काठमाडौं– अपराध र गुण्डागर्दीविरुद्ध नेपाल प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि आपराधिक कर्म गरेर पैसा असुल्ने गिरोहको धन्दा र शैली परिवर्तन भएको छ ।

हिजो गुण्डागर्दी गरेर आएका व्यक्तिले आज पनि कुनै न कुनै तरिकाबाट गुण्डागर्दीमा सरिक भएको प्रहरीको अनुसन्धानले देखाए जस्तै लुटपाट र डाँका डाल्नेहरू शैली परिवर्तन गरी लुटपाटमा सरिक हँुदै आएको रहस्य खुलेको छ।

राजधानीमा खुलमखुल्ला हुने यस्ता लुटपाटका घटना पुगे पनि प्रहरीले खासै वास्ता भने गरेको छैन । पछिल्लो समय जुवा तास खेल्न र खेलाउने नाममा केही लुटेरा समूहले लुटपाटकै धन्दा चलाईरहेका प्रमाणहरू फेला पर्न थालेका छन् ।

दुई साता अगाडि एक हजार रुपैंया प्वाइन्टको म्यारिज खेल्दा काभ्रेकी एक महिला लगभग ५० लाख रुपैंया गुमाएकी छन् । चार जनाको सेटिङमा परेकी उक्त महिलाले ३१ लाख नगद र १२ तोला सुन म्यारिज गेममा हारको बहानामा लुटाउन बाध्य भएकी थिईन् । तास खेल्ने क्रममा मदिरामा केही मिसावट समेत गरेर सो समूहले आफूलाई लुटेको उनको भनाई छ ।

आफू लुटिएपछि उनले नेपाल प्रहरीको हट लाईन नम्बर १०० मा फोन गरेकी थिईन् । प्रहरीलाई खबर पश्चात महानगरीय प्रहरी लैनचौर वृत्तबाट टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले तत्काल जुवाको नाममा लुटपाट गर्ने उक्त जुवा सेटिङका नाईके अशोक लामा, राजाराम धवाल, दिनेश साहार राष्ट्र बैंकमा कार्यरत मदन गिरीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका चार लुटेरालाई लैनचौर प्रहरीले पक्राउ गरी बृत्त नपुराउँदै डिएसपी दिपक खड्लाई लुटेरालाई कारवाही नगरी मिलापत्र गरी पठाउन दबाब आईसकेको थियो ।

जुन दबाब डिएसपी खड्का स्वयम् चहान्थे । ति जुवाको नाममा लुटपाट गर्दै हिँड्ने लुटेरासँग डिएसपी खड्काको राम्रै हिमचिम र उठबस रहेको स्रोतको दाबी छ ।

लैनचौर वृत्तमा लुटिएको ३३ लाख मध्ये १७ लाख नगद र सुन फिर्ता गर्ने सहमतिमा लुटेरा समूहले प्रहरीबाट उन्मुक्ति पायो । त्यसपछि उक्त घटना पुनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत केही अधिकृतको कानमा पुग्यो ।

सीआईबीमा कार्यरत डिएसपी रुगम कुँवर र अनिल घिमिरेले पीडित र पीडक पक्ष दुवै झिकाएर जुवामा काटिएको पाँच लाखको चेक थुतेर वृत्तमा भएको सहमति कार्यन्ययन गर्न उक्त समूहका नाईके अशोकलाई दबाद दिए । तर अशोकले दुई सातासम्म पनि  सहमतिअनुसारको उक्त रुपैंया फिर्ता गरेका छैनन् ।

प्रहरीको बदनाम गर्दै अशोक

प्रहरीका अधिकृत सामुन्ने भएको सहमतिको रुपैंया फिर्ता माग्दा अहिले अशोकले आफूले सबै प्रहरीका हाकिम मिलाई सकेको अब पैसा फिर्ता दिनु पर्दैन भन्दै पीडित महिलासँग सम्र्पक बिहिन भएका छन् ।

अशोकले लैनचौर वृत्तका डिएसपी दिपक खड्कालाई दुई लाख, सीआईबीका केही प्रहरी अधिकारीलाई एक–एक वटा आईफोन १२ प्रो दिएको भन्दै प्रहरीकै बर्दीमा दाग लगाउन थालेका छन् ।

परिसरका डिएसपी राजकुमार केसीले प्रहरीका केही उच्च अधिकारीसँग सबै सेटिङ मिलाई दिएकोले अब आफूलाई कसैले केही गर्न नसक्ने भन्दै अशोकले अहंकार देखाउन थालेको बताइन्छ।

प्रतिक्रिया