भिन्नभिन्नै सवारी दुर्घटनामा २ को मृत्यु


तनहुँ – ब्यास नगरपालिका-१ गल्फुबेशीस्थित सडकमा को.१ ध ४० नम्बरको नेपाल विद्युत प्राधिकरण दमौलीको गाडी र ग.२१ प ४९३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते  भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्तीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि पोखरातर्फ पठाइको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रुपन्देही, कञ्चन गाउँपालिका-१ कुचेरास्थित सडकमा लु.३ त २७४७ नम्बारको ट्याक्टर अनियन्त्रित भई आइतबार राति  दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७  वर्षीय तिलकराम थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया