

प्रचण्ड निवासमा आए, १० मिनेट बसे तर चिया नखाई फर्किएः प्रधानन्यायाधीश राणा

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवासमा भेट्न आएको पुष्टि गरेका छन्।
दशैंको छेक शुभकामना दिनका लागि उनी सरकारी निवास बालुवाटारमा आएर १० मिनेट बसेको बताएका छन्। प्राइम टाइम्स टेलिभिजनमा दिएको अन्तरवार्तामा उनले भने,‘प्रचण्ड आउनुभयो १० मिनेट बस्नुभयो तर चिया पनि नखाई फर्किनुभयो।’
दशैंमा शुभकामना दिने चलन रहे पनि आफू राष्ट्रपति, उपराष्ट्रपतिलाई कोभिडका कारण भेट्न नपाएको बताएका उनले बालुवाटारमा रहेका बेला प्रचण्डचाहिँ आउन चाहेकाले १० मिनेट भेट भएको राणाले बताएका हुन्।

