कल्याण श्रेष्ठबारे प्रधानन्यायाधीश राणाको टिप्पणीः ज्ञान भएका विवेक नभएका व्यक्ति


काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीविरुद्ध उभिएका चार जना पूर्वप्रधानन्यायाधीशहरूको विचार स्खलन भएको बताएका छन्।

प्राइम टेलिभिजनमा दिएको एउटा अन्तरवार्ताका क्रममा उनले सबैलाई सम्मान गरे पनि अहिले आफूविरुद्ध र सर्वोच्च अदालतमा भ्रष्टाचार छ भनी उनीहरूको प्रतिक्रियामाथि राणाले कठोर टिप्पणी गरेका हुन्।

उनले चार जना पूर्वप्रधानन्यायाधीश मध्येका कल्याण श्रेष्ठलाई भने ज्ञान भएका तर विवेक नभएका व्यक्ति भएको टिप्पणी गरेका हुन्। उनले भनेका छन्,‘सम्माननीय पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई म अगत्स्य मुनी ऋषि जस्तो मान्छु। ज्ञानको खानी छ। तर अहिले उहाँ विवेक नभएको व्यक्ति जस्तो देखिनुभयो।’

प्रतिक्रिया