


पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना संक्रमितथपिएकाछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामागरिएका ११ हजार ३५५ नमूना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भएका छन्।यससँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ सय२५पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा देशभरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८२ पुगेकोछ।
त्यस्तै अहिलेको अवस्थामा नेपालमा १० हजार २३६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

