बाबुराम श्रेष्ठ दुई तारे जर्नेलमा बढुवा


काठमाडौं – नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई दुई तारे जर्नेलमा बढुवा गरेको हो।

सँगसँगै उनले मध्य कमाण्ड पोखरामा नयाँ पदावली अनुसार सेनापतिको जिम्मेवारीसमेत पाएका छन्। उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो।

त्यहाँ रहेका उपरथी विनयविक्रम राणाको जंगी अड्डामा सरुवा भएको छ। श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन्। उनी सेनाको तालिम महानिर्देशनालयमा कार्यरत थिए। उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन्।

श्रेष्ठको ब्याचका सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल यसअघि नै उपरथी भइसके पनि उनी भने यसअघिका प्रधानसेनापति पूूर्णचन्द्र थापाको ‘कोपभाजन’मा पर्दा बढुवा हुन सकेका थिएनन्।

प्रतिक्रिया