एमाले महाधिवेशनमा महासचिव पदमा नदोहोरिने ईश्वर पोखरेलको घोषणा


काठमाडौं– नेकपा एमालेको आगामी महाधिवेशनमा महासचिव पदमा नदोहोरिने ईश्वर पोखरेलले घोषणा गरेका छन्। आइतबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले दुई पटक महासचिव भएका कारण उही पदमा नदोहोरिने बताएका हुन्।

महासचिवबाहेक अध्यक्ष पदमा लड्ने या नलड्ने भन्नेबारेमा उनले केही खुलाएका छैनन्। उनले भने,‘महासचिव पदमा रहन्न अन्य पदका विषयमा भने महाधिवेशनमा नै तय हुनेछ।’

पोखरेल महाधिवेशनमा अध्यक्ष पदको तयारी गरिरहेका छन्। तर, केपी शर्मा ओली फेरि अध्यक्ष पदमा उठेको खण्डमा भने पोखरेल बरिष्ठ उपाध्यक्षका स्पर्धी हुनेछन्। एमालेले विधान महाधिवेशनले एमालेमा बरिष्ठ उपाध्यक्ष रहने व्यवस्था अनुमोदन गरेको थियो।

प्रतिक्रिया