भरतपुरकी मेयर रेणु दाहालले गरेको त्यो ‘असक्षम’ सम्झौता


चितवन– उद्योग वाणिज्य संघको एउटा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शनिबार एउटा कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै भनिन्,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन सकेन, सरकारले बनाउनुपर्छ।’

भरतपुर महानगरपालिकाले सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेशनसँग रंगशाला निर्माणका लागि सम्झौता गरेको थियो। काठमाडौंमा ठूलो तामझामका साथ गरिएको उक्त सम्झौताअनुसार काम गर्न नसकेपछि ऋण लागेको भन्दै धुर्मुस सुन्तलीले बनाउन नसक्ने बताएका थिए।

३५ प्रतिशत काम सकिएको दाबी गरिए पनि उक्त रंगशालाको भविष्य मेयर दाहालको भनाईअनुसार पनि अलपत्र पर्न सक्ने देखिएको छ। ‘प्रचण्डलाई हेरेर नै संघीय सरकारसँग अपिल गर्नु भनेको महानगरपालिकाले पनि उक्त काम सम्पन्न गर्न सक्तैन भन्ने स्पष्ट सन्देश हो’, कार्यक्रमका एक सहभागी भन्छन्,‘यस्तो असक्षम सम्झौता किन गरिएको थियो? मेयर त्यहाँनेर चुकेकी हुन्।’

मेयर दाहालले धुर्मुसले उक्त काम गर्न नसक्ने बताएपछि महानगर अगाडि बढ्ने बताएकी थिइन्। उक्त रंगशालाका निम्ति प्रदेश सरकार, महानगरले रकम दिइसकेका छन् कतिपय नेपालीले पनि डोनेशन गरेका थिए। १६ करोड ऋण देखाएर फाउन्डेशन पन्छिन खोजेको कतिपयको आरोप छ।

प्रतिक्रिया