मुस्कानलाई मेयर कल्याणकारी कोषबाट २ लाख सहयोग


वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताइएको छ ।

प्रतिक्रिया