भारतीय पूर्वराजदूत रायको आईजी नियुक्ति प्रसङ्गमा कांग्रेस उपसभापति निधिको आपत्ति


काठमाडौं– नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायले प्रहरी महानिरिक्षक (आईजी) नियुक्तिमा तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधिले राय मागेको भनी पुस्तकमा उल्लेख गरेको विषय विवादीत बनेको छ।

रायको ‘काठमाडौं डिलेमा’ भन्ने पुस्तकमा तत्कालिन गृहमन्त्री निधिले चार जना मध्ये कसलाई आईजी बनाउँदा उपयुक्त हुन्छ भनेर आफूसँग राय मागेको र मेरिटसका आधारमा तय गर्न सुझाव दिएको उल्लेख छ।

त्यसबेला आईजी प्रकरण निक्कै विवादीत बनेको थियो। कांग्रेस–माओवादी गठबन्धन सरकारले जयबहादुर चन्दलाई आईजी नियुक्त गरेपछि अदालतमा मुद्दा परेको थियो। त्यसबेला नवराज सिलवाल, चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी आईजीको दौडमा थिए।

चन्दलाई गरिएको नियुक्ति बदर भएपछि प्रकाश अर्याल आईजी भएका थिए। रायले चारै जनाले आफूलाई भेटेको पनि दाबी गरेका छन्। तर, ति चार जनाले यसबारे प्रतिक्रिया दिएका छैनन्।

निधिले भने ट्वीट गरेर आईजी नियुक्तिका विषयमा सल्लाह नलिएको र लिने कुरा समेत नभएको भन्दै रायको भनाईमा आपत्ति जनाएका हुन्।

प्रतिक्रिया