महानगरसहित काठमाडौंका १० पालिकामा कांग्रेसको अधिवेशन आज, गगन थापाको युटर्न


काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं जिल्लाका ११ वटा पालिका मध्ये काठमाडौं महानगरसहित १० वटाको अधिवेशन आज गर्दैछ। दक्षिणकाली नगरपालिकाबाहेक अधिवेशन हुन लागेको हो। दक्षिणकालीको वडा नम्बर २ मा विवाद रहेका कारण नगर अधिवेशन स्थगित गरिएको छ।

चन्द्रागिरी नगरपालिकामा साबिकका सभापति घनश्याम गिरीको नाममा सहमति भएको छ। यसकारण उक्त नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित छ।

नौ वटा नगरपालिकामा भने भिडन्त हुनेछ।

रोचक के छ भने सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौलाको एउटा प्यानल बनेको छ भने प्रकाशमान सिंह र गगन थापाको अर्को प्यानल छ। थापा सिटौला टिममा नरहेको स्पष्ट सन्देश काठमाडौंका नगरपालिका अधिवेशनले दिएको छ।

काठमाडौं महानगरमा १५ बर्षपछि अधिवेशन हुन लागेको छ। सिंह–थापा प्यानलबाट काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य सभापति पदमा उम्मेदवार छन्। उनी हाल काठमाडौं वडा नम्बर २५ का अध्यक्ष पनि हुन्।

देउवा–सिटौला प्यानलबाट भने प्रगतिमान रञ्जित सभापति पदका अर्का उम्मेदवार हुन्।

प्रतिक्रिया