ड्युटीको क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु


काठमाडौं – ड्युटीकै क्रममा बेहोस भएर भुँइमा ढलेका सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। तनहुँको मनकामना गणमा कार्यरत जवान सुरेश गन्धर्वको उपचारको क्रममा मृत्यु भएको हो।

३१ वर्षीय सशस्त्र प्रहरी जवान गन्धर्व ड्युटीको क्रममा अकस्मात ढलेको र नजिकै रहेको लक्ष्मी अस्पताल डुम्रे, तनहुँमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको तनहुँ प्रहरीले जनाएको छ।

मृतक गन्धर्वको स्थायी घर भानु–१० तनहुँ हो।

प्रतिक्रिया