

महन्थ ठाकुरको पार्टीबाट लेखीको राजीनामा, एमाले छिर्ने सम्भावना

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजकुमार लेखीले राजीनामा दिएका छन्। अध्यक्ष महन्थ ठाकुरसमक्ष उनले राजीनामा पत्र बुझाएका छन्।
नयाँ राजनीतिक यात्रा थाल्ने जनाऊ दिँदै उनले राजीनामा लेखेका हुन्। उनले वैकल्पिक पार्टी निर्माण गर्न नसकेका कारण पुरानै दलमा फर्किने संकेत गरेका छन्।
उनको पारिवारिक पृष्ठभूमी र पूर्वराजनीति नेकपा एमालेमा थियो। उनी एमालेमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि लेखीले उक्त विषयबारे खुलाएका छैनन्।

