
यी ६ जना बन्दैछन् समाजवादीबाट मन्त्री, किसन श्रेष्ठ परेनन् !
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
एकीकृत समाजवादीले बुधबार दिउँसो सरकारमा सहभागी हुने ६ मन्त्रीको टुंगो लगाएको हो । सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको मन्त्रीमा सिफारिस भएका एक नेताले जानकारी दिए ।
एमाले छाडेर समाजवादीमा प्रवेश गरेको किसन श्रेष्ठ भने मन्त्री बन्नेको सूचीमा परेनन । मन्त्री बन्नेको सूचीमा रहेका श्रेष्ठको नाम अन्तिम समयमा काटिएको जनाइएको छ ।
उनका अनुसार पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । मन्त्रालयको बारेमा भन्ने टुंगो लाग्न बाँकी छ ।



कागजपत्र |
