परराष्ट्रमन्त्री डा. खड्काको शपथविरुद्धको रिटमा सुनुवाई आज


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (बुधबार) पेसी तोकिएको छ ।

अधिवक्ता विशाल न्यौपानेले मंगलबार कानुनी व्यवस्था बिनानै मन्त्री खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् ।

शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न–नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया