पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवन र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्ने लगायत विषयमा छलफल भइरहेका नेता गणेश साहले जानकारी दिए ।

त्यसैगरी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे समेत छलफल हुने माओवादी केन्द्रका अर्का एक नेताले बताए ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए । सत्ता गठबन्धनका नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।

 

प्रतिक्रिया