१० बुँदे कार्यान्वयन गर्न भीम रावलको माग, एमाले केन्द्रीय कमिटी बैठक शनिबार पनि


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति अक्षरसः कार्यान्वयनको माग राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशको हकमा उक्त सहमति कार्यान्वयन किन नभएको भनी प्रश्न गरेका थिए।

विधान महाधिवेशनलाई लिएर भएको बैठकमा उक्त प्रश्न आएपछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीबाट त्यसको समाधान निकाल्ने जवाफ दिएका छन्।

१० समूहमा विभाजन गरी विधान महाधिवेशनबारे एजेन्डा तय हुन लागेको बैठक शनिबार पनि बस्ने भएको छ।

प्रतिक्रिया