
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) बस्दै छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ ।
बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।
आजदेखि शुरु हुने केन्द्रीय कमिटी बैठक शनिबार सकिने छ ।



कागजपत्र |
