परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, आजै सपथ लिने तयारी


काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्।

राष्ट्रपतिबाट नियुक्त भइसकेपछि खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ।

त्यसलगत्तै खड्कासहितको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिका  जाने कार्यक्रम पनि रहेको छ ।

नेपाली कांग्रेसको परराष्ट्र विभाग हेर्दै आएका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेका छन् ।

प्रतिक्रिया