काँग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ ।

बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए ।

हिजो (मंगलबार) बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्र मन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले हालसम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । उनले हालसम्म चार जना मन्त्री मात्र नियुक्त गरेका छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् ।

यस्तै १० साउनमा काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया