
ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालल आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अहिले केहीबेरमा ४ः१५ बजेदेखि सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ओमानविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राख्दै शरद भेषवाकर र आरिफ शेखलाई टिम ११ मा समावेश गरिएको छ ।
आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।



कागजपत्र |
