पाँचथरमा पिकअप दुर्घटना, १ को मृत्यु २ घाइते


फिदिम – पाँचथरमा पिकअप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फिदिमस्थित सडक विभाग छेउमा मंगलबार राति बा१९च ५७३६ नंको डबल क्याप पिकअप गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई उक्त पिकअप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृत्यु हुनेमा फिदिम—१ निवासी अर्जुन शङ्करको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई घाइते धरान उपमहानगरपालिका—१ का पर्वत गुरुङ र झापा गरामुनि—१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

प्रतिक्रिया