

रुसका राष्ट्रपति पुटिन रापाकिस्तानका प्रधानमन्त्री इमरानबीच अफगानबारे फोन बार्ता

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार भएको फोन संवादमा अफगानिस्तानको कुरा उठाएका छन् ।
पाकिस्तानको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार फोन पुटिनले गरेका हुन् । फोन कुराकानीमा पाकिस्तानका प्रधानमन्त्री खानले क्षेत्रीय सुरक्षा र समृद्धिका लागि अफगानिस्तानमा शान्ति र स्थिरता स्थापना महत्वपूर्ण भएको र त्यहाँ तत्काल मानवीय सहायता दिनु आवश्यक भएको बताए ।
साथै उनले अफगानिस्तानको आर्थिक संकट समाधानका लागि तुरुन्त कदम चाल्नुपर्ने कुरामा पनि जोड दिए । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– त्यस कुराकानीमा हाम्रा प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट टाढा नहुन पनि अपिल गरेका छन् । उनले भने, ‘यस महत्वपूणै मोडमा अफगानिस्तानलाई एक्लै छाड्न हुँदैन ।’

