टेलिकमको योजनाः २ जिबी प्याक ५५ रुपैयाँमा, २५० रुपैयाँमा पाँचसय मिनेटसम्म बोल्न सकिने


काठमाडौं – नेपाल टेलिकमले २ जिबी प्याक ५५ रुपैयाँमा चलाउन सकिने योजना ल्याएको छ। उक्त प्याकको समयावधि २४ घन्टा रहेको छ।

यो सेवा सूचारु गर्न *1415# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ। एनटी एप डाउनलोड गरेर पनि प्याक लिन सकिन्छ।

यस्तै टेलिकमले २५० रुपैयाँमा पाँच सय मिनेटसम्म बोल्न सकिने योजना समेत ल्याइसकेको छ। उक्त भ्वाइसको समयावधी २८ दिन रहेको छ।

यो सेवा सूचारु गर्न *1415# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ।

त्यस्तै ३९ रुपैयाँमा अनलिमिटेड डाटा प्याकको योजना ल्याएको छ। उक्त प्याकको समयावधी एकदिन रहेको छ।

यो सेवा सूचारु गर्न *1415* 10# डायल गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया