पेलेको ट्युमर शल्यक्रिया सफल


रियाे दि जेनेरियाे – ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।

तीन पटकका विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षका पेलेले निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने बताएका छन् ।

पेलेले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थबारे जानकारी दिएका हुन् । यसअघि पेलेको अवस्था निकै खराब भएको र उनी अस्पतालमै ढलेको हल्ला पनि चलेको थियो ।

‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए । एजेन्सी

प्रतिक्रिया