बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति ?


काठमाडौं – नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भैरहेको छ ।

यस्तै, चाँदीको मुल्य ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया