काठमाडौंको दरबारमार्गमा आगलागी


काठमाडौं – काठमाडौंको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

शनिबार राति १० बजेतिर लागेको आगोले तारकेश्वर नगरपालिका-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलका सामान जलेको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

प्रतिक्रिया