

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै दायर गरेको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।
कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैर कानुनी भएको भन्दै अोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।

