

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर-१० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगीको ज्यान गएको हो।
आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उहाँकाे घटनास्थलमै ज्यान गएको स्थानीय यमराज केसीले जानकारी दिए ।
डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

