भारतीय चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधन


काठमाडौँ – भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको हृदयघातका कारण आज(बिहीबार) निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए। टेलिभिजन सिरियल बाबुलका आँगन छुटे नाबाट उनले डेब्यू गरेका थिए।

उनी भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेता समेत हुन्। एजेन्सी

प्रतिक्रिया