अमेरिकी जनरलले तालिबानलाई भने, ‘निर्दयी समूह’यद्यपी लडाइमा समन्वयको ‘सम्भावना’


संयुक्त राज्य अमेरिकाका शीर्ष सैन्य अधिकारीले तालिबानलाई ‘निर्दयी समूह’ भनेका छन् । जनरल मार्क मिलीले उनीहरू परिवर्तन हुन्छन् या हुँदैनन् भन्ने प्रष्ट नभएको बताए । यद्यपि, भविष्यमा आतंकवाद विरुद्धको लडाइँमा तालिबानसँग समन्वय गर्न सक्ने ‘सम्भावना’ रहेको उनको भनाइ छ ।

अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त गरेर अमेरिकी फौजले अफगानिस्तान छोडेपछि रक्षामन्त्रीसँगै पहिलो पटक सार्वजनिक टिप्पणी गरेका जनरल मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस-के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने संकेत गरे ।

आईएस–के ले अमेरिकाले अफगानिस्तान छोड्नु केही दिन अघि काबुल विमानस्थलबाहिर आत्मघाती हमला गरेको थियो । त्यसमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको ज्यान गएको थियो ।

यद्यपि, पत्रकार सम्मेलनमा जनरल मिलीसँग सँगै रहेका रक्षामन्त्री लोयड अस्टिनले भविष्यमा हुनसक्ने साझेदारीबारे आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको बताएका बीबीसीले जनाएको छ । तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मंगलबार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो । बीबीसी

प्रतिक्रिया