
निर्वाचन आयोग र सभामुखविरुद्ध एमाले सर्वोच्चमा
काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको बताइएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार नै निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी लडाइँ लड्न लागेको बताए ।
एमालेले विभाजन गरेर नेकपा ९एकीकृत समाजवादी० दल गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा पठाएको थियो । एमालेले कारबाही गरेका १४ सांसदसहितको सनाखतमा निर्वाचन आयोगले पनि नयाँ दल दर्ता गरेको थियो । सभामुखले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुखविरुद्ध रिट हाल्न लागेको हो ।



कागजपत्र |
