खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ


काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उपमहानगरपालिका-५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुमाथि लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया