नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम सवा १३ अर्ब


काठमाडौं – शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्सेमा आज ६९ दशमलव ५ अंकले घटेर २९ सय ७५ दशमलव ८४ विन्दुमा झरेको हो । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय बढी अंकले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ३४ अंकले घटेर ५ सय ५० दशमलव ५२ विन्दुमा थामिएको छ । यस दिन सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अंकले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन ।

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया