१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने युवक पक्राउ


बारा — १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बारा कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने २१ वर्षीय सुजित कुमार साहलाई करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

८ महिनादेखि ललाई फकाई गरेर ती बालिकालाई जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ५ को म्याद अनुमति लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया