पार्टी विभाजनपछि एमालेले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं – प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी विभाजनपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठक मंगलबार बिहान ११ बजे डाकिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

मंगलबारको बैठकमा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताको समयमा नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने बताइएको छ।

सोमबार बिहान अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको छलफलपछि उनीहरु स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका हुन्। छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको प्रवक्ता ज्ञवालीले बताए।

ओलीसँगको छलफलमा नेपालको साथ छाडेका सबै स्थायी कमिटी सदस्य सहभागी थिए।

प्रतिक्रिया