लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु


काठमाडौं – लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम (पश्चिम) मा दुई जनाको , नवलपरासी  (पश्चिम) र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ९–७ स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भीम बहादुर थापा र १७ वर्षीय प्रेम बहादुर थापाको मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको मृत्यु भएको छ ।

उता नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ कुईया बस्ने ३५ वर्षीय पशुपति चौधरी सोही नगरपालिका पण्डितपुरस्थित पोखरीमा शव डुबेको अवस्थामा शनिबार फेला परेको छ ।

त्यस्तै बाँके जिल्लामा एक जना बेवारिसे पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको भित्र गाडी पार्किङ गर्ने स्थानको प्रतीक्षालयमा नाम, थर, ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीबाट प्राप्त सूचनामा उल्लेख छ ।

प्रतिक्रिया