पारिवारिक झगडामा पेस्तोल बोकेका युवक पक्राउ


जनकपुरधाम – सर्लाहीबाट एक युवक हतियारसहित पक्राउ परेका छन्। ।

सदरमुकाम मलगंवा नगरपालिका-११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई आफ्नै दाजुसँग झगडा गरिरहेका अवस्थामा गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया