
चुनावी आचारसंहिताविपरित चन्द्र ढकालले गरे भतेर, उवा संघ भक्तपुर अध्यक्ष श्रेष्ठको प्रयोग
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले चुनावी आचारसंहिताविपरित बुधबार भक्तपुरमा जिल्ला अध्यक्षहरूलाई प्रभावित बनाएका छन्।
मतदान हुनुभन्दा ७२ घन्टाअघि कसैलाई पनि प्रभावित बनाउने प्रकारका सार्वजनिक गतिविधि गर्न हुँदैन। तर, उद्योग वाणिज्य संघ भक्तपुरको औपचारिक निम्तो दिलाउँदै ढकालले जिल्ला अध्यक्षलाई प्रभावित बनाउने कोशिश गरेका थिए।
उनले उपस्थिति जनाएकालाई स्वागतसम्मानका नाममा भतेरै चलाएको बताइएको छ। ‘सामान्यतया उम्मेदवारहरूले मतदाता वा प्रतिनिधि बनेर आएकालाई यसरी प्रभावित बनाउन मिल्दैन’ महासंघका पूर्वअधिकारीहरू भन्छन्,‘यो नीतिविपरितको काम गरिएको ठहर्छ।’
भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठको उपयो गर्दै ढकालले कमलविनायकस्थित होटल यचुमा यसरी विभिन्न जिल्लाका अध्यक्षलगायतका प्रतिनिधिलाई प्रभावित बनाएका हुन् । ‘निम्तो मान्न हामी पुगेका थियौं । तर, एकपक्षीय ढंगले कार्यक्रम गरिएको रहेछ। उम्मेदवार बोलाएपछि कुनै एक प्यानलको होइन, सम्भावित सबै बोलाउनुपर्ने थियो’, एक जना सहभागी भन्छन्,‘यो पुरै प्यानलका लागि मात्र प्रयोग गरेको स्पष्ट देखियो।’



कागजपत्र |
