लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा सुनुवाइ हुन सकेन


काठमाडौं – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।

सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो।

विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट आज सोमबार सुनुवाइ हुन नसकेपछि मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बुधबारबोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।

प्रतिक्रिया