भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता


काठमाडौं – भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको हुन् ।

ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले जानकारी दिए । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।
रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया