

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

काठमाडौं – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शनिबार भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए।

