५ वर्षमै यस्ती भइन् बजरंगी भाइजानकी मुन्नी
मुम्बई — सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म बजरंगी भाइजनामा मुन्नीको भूमिकामा देखिएकी हर्षाली मल्होत्रा जवान हुँदै गएकी छिन् ।
उनी अहिले हुर्किसकेको सामाजिक सञ्जालमा देखिएका उनका तस्वीरहरुले देखाउँछ ।
हालै दिपावलीको अवसरमा उनले आफ्नो भाइसँगको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘धन्य भाई, त्यो मान्छेलाई जसले मलाई धेरै चोट पुर्याउँछ तर म सबैभन्दा धेरै माया गर्छु ।’
दिवालीको अवसरमा हर्षालीले आफ्ना धेरैजसो तस्बिरहरू पनि सार्वजनिक गरेकी छिन् । एक तस्बिरमा उनी आफ्नो टाउकोमा स्कार्फ लगाएको देखिछिन्। उनको हातमा आरती प्लेट थियो।
एउटा तस्वीरमा उनी यसमा हात राखिएको देखिन्छ, एउटा तस्वीरमा उनी घरमा रंगोली बनाईरहेकी छिन्। हर्षालीले यी तस्विरहरू सार्वजनिक गर्दै फ्यानलाई खुशी बनाएकी छिन्।
सामाजिक सञ्जालमा सार्वजनिक अर्को तस्बिरको क्याप्सनमा हर्षालीले लेखकिी छिन्, ‘हे मेरो दाई हार्दिक। जबसम्म हजुर मेरो जीवनमा हुँदासम्म मलाई कुनै साथीको खाँचो पर्दैन।’