ह्याम्स अस्पतालका अपराधः स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण


काठमाडौं- काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) प्रकरणमा गरेको ‘अपराध’बारे स्पष्टीकरण माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्याम्स अस्पतालसहित चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

रिपोर्ट नेगटिभ आए एक महिना र पोजेटिभ आए तीन महिना भण्डारण गर्नु पर्नेमा अनुगमनका क्रममा सो नपाइएपछि ह्याम्ससहितलाई स्पष्टीकरण सोधिएको हो।

‘नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने सो अनुसार नगरेको पाइएका स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको छ’, प्रवक्ता गौतमले भने।

ह्याम्सले यी बाहेक पनि विभिन्न शीर्षकमा सरकारको नीतिविपरित रकम उठाउने, भेन्टिलेटरको शुल्क सरकारले तोकेभन्दा बढी लिएर बिरामीलाई प्रताडित गर्दै आएको छ।

सम्बन्धित समाचारहरू

ह्याम्स अस्पतालको अपराध छानबिन गर्न सरकारको समिति, २४ घन्टाभित्र प्रतिवेदन तयार पार्न निर्देशन

‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्

बिरामीसँग मनपरी लुटेको करोडौं रकम जुवा खेल्छन् सञ्चालक भण्डारी

मुर्दा उपचार गर्ने शैलीमा ह्याम्सको लुट धन्दाः कालोबजारीमा कारबाही हुने प्रशस्त प्रमाण

प्रतिक्रिया