लागुऔषध मामलामा भारती जोडी हिरासतमा


मुम्बई(एजेन्सी)– भारतकी कमेडी स्टार भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई शनिबार बिहान एनसीबीको टिमले पक्राउ गरेको छ । लागुऔषध मामलामा यो जोडीको नाम जोडिएपछि एनसीबी टिमले उनीहरुको घरमा छापा मारेर उनीहरुलाई अनुसन्धानका लागि पत्र काटेको थियो । तर उनीहरुको घरमा छापा मार्दा नसालु पदार्थ राखिएको भेटिएपछि दुवैलाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।

मुम्बई एनसीबीका जोनल निर्देशन समीर वानखेडेले भारती र उनका पति दुवैलाई नशालु पदार्थ आफ्नो घरमा राखेको सिलसिलामा अनुसन्धानका लागि हिरासतमा राखिएको बताए । यसअघि भारतीको मुम्बईस्थित तीन घरमा एनसीबीले छापामारेको थियो । छापा मार्दा उनको घरमा नशालु पदार्थ बरामद भएको थियो । त्यसपछि एनसीबीले भारती र हर्षलाई सोधपुछका लागि पत्र काटेको थियो । भारती र उनका पति हर्ष आफ्नो परिवारका साथ एनसीबी भवनमा पुगेका थिए । एक लागु औषध कारोबारीको बयानमा भारतीको पनि नाम मुछिएपछि एनसीबीले छापा मारेको थियो । एनसीबीले भारती र हर्षको अँधेरी, लोखण्डवाला र वर्सोवास्थित घरमा छापामारेको थियो

यसअघि एनसीबीले कैयौं फिल्म स्टारलाई लागु औषधको मामलामा सोधपुछ गरिसकेको छ । जसमा सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत सिंह, दीपिका पादुकोणसमेत छन् । हालै मात्र बलिउड स्टार अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला डिमेट्रेडससँग पनि सोधपुछ गरेको थियो ।

प्रतिक्रिया