अन्तत: संयुक्त अभियान चलाउन सहमत भए एमाले


काठमाडौं – नेकपा एमालेका दुवै समूहका सांसदहरू विभाजन रोक्न संयुक्त अभियान चलाउन सहमत भएका छन् । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु संयुक्त अभियान

चलाउन सहमत भएका हुन् । यस अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ ।

प्रतिक्रिया