अनलाइनन्युज प्रभावः कांग्रेस नेता थापाले प्रधानमन्त्री देउवालाई पनि सम्झाए स्वास्थ्य कानुन


 

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विशिष्ट व्यक्तिको विदेशमा गरिने उपचार खर्च राज्यले गर्न नहुने कानुन स्मरण गराएका छन्।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री देउवाको घोषणा आएपछि मौन रहेका थापाले केहीबेर अघि सामाजिक सञ्जालमार्फत यसो भनेका हुन्।

बुधबार विहान अनलाइनन्युजले ‘ ओलीलाई सम्झाएको कानुन कांग्रेस नेता थापाले प्रधानमन्त्री देउवालाई किन स्मरण गराएन्?’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

खनालकै सन्भर्दमा उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि थापाले उक्त कानुनबारे व्याख्या गर्दै तत्कालिन केपी शर्मा ओली सरकारको आलोचना गरेका थिए। तर मंगलबार साँझ खनालसँग टेलिफोनमा कुरा गरी प्रधानमन्त्री देउवाले उपचार खर्च व्यहोर्ने समाचारहरु जताततै आउँदा पनि थापा मौन थिए।

प्रतिक्रिया